पाठेघरको मुखको क्यान्सर के हो ?
पाठेघरको मुखको क्यान्सर यही कारणले हुन्छ भनेर किटान नभए पनि एक प्रकारको भाइरल संक्रमण यसको मुख्य कारण तत्व मानिन्छ । ह्युमन पापिलो नामको किटाणुका केही प्रजाति यसको प्रमुख कारण हुन् । यसैगरी शारीरिक सरसफाइमा ध्यान नदिनाले, धेरै जनासँग शारीरिक सम्पर्कमा राख्नाले पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ। पाठेघरको मुखमा बारम्बार संक्रमण हुने महिलाहरुलाई यस किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्दछ र त्यसलाई अनियन्त्रित तवरले बढ्न मद्यत पुयाउँछ ।
जोखिमका कारणहरु
● परिवारमा कसैलाई पाठेघरको मुखको क्यान्सर भएको (वंशाणुगत)
● प्रजनन् सक्षम कुनै पनि उमेरका महिलालाई यो रोग लाग्न सक्दछ । विशेषगरी ३० वर्षदेखि ६० वर्ष
● उमेरका महिला जसको विवाह भएको अथवा शारिरीक सम्पर्क भएको महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ ।
● सानै उमेरमा विवाह भएको र धेरै सन्तान जन्माएको महिलालाई यो रोग लाग्ने सम्भावना हुन्छ ।
● यौन व्यवसाय गर्ने महिलामा पनि यो रोग लाग्न सक्ने सम्भावना हुन्छ ।
लक्षणहरू
पाठेघरको क्यान्सर सबै व्यक्तिमा एउटै लक्षण हुन्छ भन्ने हुँदैन । व्यक्ति अनुसार फरक- फरक लक्षण हुन सक्दछ ।
● सुरुवातमा धेरै गन्हाउने पानी बग्ने र पानीसँगै रगत मिसिएको हुनसक्छ। संगसंगै पटकपटक इन्फेक्सन भइराख्ने पनि हुनसक्छ ।
● महिनावारी नभएको बेलामा पनि रगत देखापर्ने पाठेघरको मुखको क्यान्सरको लक्षण हो ।
● महिनवारी बन्द भइसकेको महिलामा फेरि रगत देखा परेमा पाठेघरको मुखको क्यान्सर भएको होकी भन्ने शंका पनि गर्न सकिन्छ ।
● क्यान्सर धेरै फैलिसकेको अवस्थामा भने खुट्टा सुन्निने, ढाड तथा कम्मर दुख्ने हुन्छ । साथै दिसा पिसाबमा पनि समस्या देखा पर्न सक्छ |
रोकथाम
पाठेघरको मुखको क्यान्सरका रोगथामको लागि समय-समयमा नियमित पाठेघरको परीक्षण गर्नुपर्छ। गर्भाशय श्राब परीक्षण गर्दा गर्भाशयको क्यान्सर शुरुमै पहिचान गरेर उपचार गर्न सकिन्छ ।
● मध्यपान तथा धुम्रपान नगर्ने
● चिकित्सकको सल्लाह विना परिवार नियोजनका अस्थाइ खाने औषधि पिल्स लामो समय सम्म प्रयोग नगर्ने सन्तुलित भोजन, फलफूल, हरियो सागसब्जी प्रशस्त मात्रामा खाने ।
● दैनिक शारीरिक क्रियाकलाप गर्ने, सानो उमेरमा विवाह नगर्ने र धेरै सन्तान नजन्माउने ।
● टाइटस बी बिरुद्धको खोप लगाउने र स्युमन प्यापिलोमा भाइरस खोप लगाउनाले पनि पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिन्छ ।
● गन्हाउने पानी बग्ने, महिनावारी अनियमित हुने, महिनावारी बन्द भइसकेको महिलाहरुमा पुनः रगत देखा पर्ने, यौन सम्पर्क पछि रगत देखा पर्ने जस्ता लक्षण देखा परेमा परीक्षण जरुरी हुन्छ ।
● नियमित चिकित्सकको परामर्शमा रहने सबै प्रकारको स्त्री रोग समस्याको लागि हामीलाई सम्पर्क गर्नुहोस् ।
We have been partnering with following organizations for better delivery of Health Homecare services in Nepal.